शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पिकेको अर्की महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि शाकिराले गरिन् अलग्गिने निर्णय

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 658
    SHARES
  • पिकेको अर्की महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि शाकिराले गरिन् अलग्गिने निर्णय

    एजेन्सी । कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले आफ्ना पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन् । पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै अलग्गिने निर्णय लिएकी हुन् ।

    images

    शाकिरा र पिके दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपपछि नजिकिएका थिए । त्यो समयको चर्चित फुटबल गीत ‘वाका–वाका’मा उनीहरूसँगै देखिएका थिए ।

    पिके हाल बार्सिलोनाको केल मुन्टानेरमा एक्लै बस्दै आएका छन् । पिकेका छिमेकीहरूले कैयौं पटक उनीहरूलाई एकाघरमा आउजाउ गरिरहेको देखेका छन् । छिमेकीहरूका अनुसार पिके उनी बार्सिलोनाको रात्री जीवनमा रमाइरहेका छन् । पिके र शाकिराबीच उनीहरूबीच १० वर्षको उमेर अन्तर छ । उनीहरुको दुई सन्तान छन् ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल