एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाको पावर हाउस जापानले दक्षिण अमेरिकी टोली पाराग्वेमाथि ४-१ को सानदार जित निकालेको छ ।
बिहिवार होकाइदोस्थित सापोरो डोमे रंगशालामा भएको खेलमा जापानको प्रभावशाली जितमा टाकुमा असानो, डाइची कमाडा, काओरु मितोमा र एओ टानाकाले १/१ गोल गरे ।
यता पाराग्वेका डेर्लिस गोन्जालेजले सान्त्वना गोल फर्काएका थिए । फिफा वरीयतामा जापान २३औं र पाराग्वे ५०औं स्थानमा छ ।



