जेठ २० हेटौंडा । चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता २०७८ अन्तर्गत उद्घाटन खेलमा नव जनजागुती युथ क्लब सिमराले बागमती युथ क्लब सर्लाहीलाई पराजित गरेको छ।
पिप्ले–क्याम्पा रंगशालामा बिहीबार भएको खेलमा नव जनजागुती युथ क्लबले बागमती युथ क्लबमाथि २-० गोलको सहज जित निकालेको हो । उक्त जितसँगै नव जनजागुती युथ क्लब प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।
नव जनजागतिकोे जितमा विवेक चौधरी र कृपा चौधरीले १/१ गोल गरेको थियो । मोफसल क्लब नव जनजागुती युथ क्लबले खेलको १३औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । बागमती युथ क्लबको कमजोर रक्षापंक्तीको फाईदा उठाउदै नव जनजागुती युथ क्लबका विवेक चौधरीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको बागमती युथ क्लबविरुद्ध नव जनजागुती युथ क्लबले खेलको ७९औं मिनेटमा नव जनजागुती युथ क्लबका कृपा चौधरीले गोलको अग्रतालाई दोब्बर बनाएका थिए ।
उक्त खेलको म्यान अफ दि म्याच नव जनजागुती युथ क्लबका विवेक चौधरी घोषित भए । उनले नगद १० हजार र ट्रफि प्राप्त गरे । प्रतियोगिता अन्तर्गत आज शुक्रवार बिएफसी चितवन र चर्च ब्वाइज क्लबबीच खेल हुनेछ ।



