शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मकवानपुर गोल्डकप : चितवन-११ र चर्च ब्वाइज भिड्दै

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 472
    SHARES
  • मकवानपुर गोल्डकप : चितवन-११ र चर्च ब्वाइज भिड्दै

    जेठ २० हेटौंडा । चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप २०७९ अन्तर्गत आज हुने दिनको एक खेलमा बिएफसी चितवन र चर्च ब्वाइज क्लबबीच खेल हुदैछ।

    images

    पिप्ले–क्याम्पा रंगशालामा हुने खेल दिउँसो ३ बजेबाट सुरू हुनेछ। यस खेलको विजेता टोलीले क्वाटरफाइनलमा बिदेश टोली एभिनियर एफसीको सामना गर्नेछ।

    प्रतियोगितामा साविक विजेता नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, नव जनजागुती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा, चितवन-११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी गरि १२ टोलीको सहभागीता रहेको छ ।

    images

    त्यस्तै प्रतियोगिताको विजेताले नगद १५ लाख तथा उपविजेतालाई १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # मकवानपुर गोल्डकप