शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेयमारको दुई गोलमा ब्राजिलको फराकिलो जित

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 344
    SHARES
  • नेयमारको दुई गोलमा ब्राजिलको फराकिलो जित

    एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियालाई हराएको छ । 

    images

    साउलको संगम वर्ल्ड स्टेडियममा बिहिवार भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई ५-१ गोल अन्तरले हराएको हो । 

    ब्राजिलको जितमा नेयमारले दुई गोल गरे । ती दुवै गोल पेनाल्टीमा सम्भव भएका थिए ।खेलमा अग्रता ब्राजिलले सातौं मिनेटमा रिचरलिसनको गोलमा लिएको थियो । घरेलु टोलीले ३१ औं मिनेटमा बराबरी गोल फकायो । ह्वाङ हि चेनले दक्षिण कोरियाका लागि बराबरी गोल गरेका थिए ।

    images

    नेयमारले ४२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २-१ ले अघि बढाए । दोस्रो हाफको ५७औं मिनेटमा नेयमारले पेनाल्टीमै गोल गर्दै ब्राजिललाई ३-१ ले अघि बढाए । फिलिप कौटिन्होले ८०औं मिनेटमा ब्राजिलका लागि चौथो गोल गरे ।  

    दोस्रो हाफको इन्जुरी समयमा जिसस ग्याब्रियलले गोल गर्दै दक्षिण अमेरिकी देशलाई फराकिलो जीत दिलाए । फिफा वरियताको शीर्ष स्थानमा रहेको ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो देश बनेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल