एजेन्सी । यूईएफए नेसन्स लिगको पहिलो खेलमा पाहुना टोली पोर्चुगल स्पेनसँग बराबरी खेलेको छ ।
बिहिवार राति भएको खेलमा पोर्चुगल र स्पेनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा घरेलु टोली स्पेनले खेलको २५औं मिनेटमा अल्भारो मोराटाले गोलबाट सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ८२औं मिनेटमा होर्टाले जोआ क्यान्सेलोको पासमा गोल गर्दै खेल बराबरी गरे ।
उक्त बराबरीसँगै एक खेलबाट पोर्चुगल र स्पेनले समान १/१ अंक जोड्दै अंक तालिकाको दोस्रो र तेस्रो स्थानामा रहेका छन् । यस्तै सोही समूहको अन्य खेलमा चेक रिपब्लिकले स्वीटजरल्याण्डलाई २-१ गोलले हरायो । यस जितसँगै चेक रिपलब्लिक ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । अब चेकले स्पेको आतिथ्य गर्नेछ भने पोर्चुगलले घरेलु मैदानमा स्वीटजरल्याण्डको सामना गर्नेछ ।



