शनिबार, आश्विन २४ गते २०८३
images

पहिलो अभ्यास खेलमा नेपाल पराजित

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 467
    SHARES
  • पहिलो अभ्यास खेलमा नेपाल पराजित

    जेठ २० काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा पराजित भएको छ। 

    images

    आइसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज खेल्न अमेरिकामा रहेको नेपाली टोली अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टारसँग चार विकेटले पराजित भएको हो। 

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर पाँच बलमा एक सय ९० रन बनायो। नेपालका लागि आरिफ शेखले ६० रनको अर्धशतकीय पारी खेले। विनोद भण्डारीले २६ रन बनाउँदा करण केसीले २१ रन जोडे। त्यस्तै देव खनालले २० रन बनाउँदा अदिल अन्सारी रोहित पौडेलले १६ रन बनाए। 

    images

    नेपाललाई सस्तैमा समेट्न मार्टी किनले तीन तथा मोहम्मद इलियास र आदि भाटीले २/२ विकेट लिए।

    १९१ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अल स्टारले ३३ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। उसका विपुल शर्माले ५० रनको अर्धशतकीय पारी खेले। एन्द्रियस गोउस ४५ रन बनाउँदा  गौरव बजाज ४० रनमा अविजित रहे। नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए पनि उनले टीमलाई जिताउन सकेनन्।   नेपालले दोस्रो अभ्यास खेल शनिवार ह्युस्टन ह्युरिकेन्ससँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट