भाद्र ५ काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो शुक्रबार छनौटको खेल तालिका सार्वजनिक गरेको हो । देशभरबाट कुल ७८ क्लबको सहभागिता रहने लिग कार्तिक ८ समापन हुनेछ ।
छनौट प्रतियोगिता आगामी भदौ १० गतेबाट सुरु हुनेछ । त्यस्तै हरेक दिन दुई खेल हुनेछ ।
एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब रहेका छन् । तालिका अनुसार एक क्लबले समूह चरणमा दुई खेल खेल्नेछन् ।
हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहका फाइनल विजेता सी डिभिजन लिगमा छनोट हुनेछन ।
यस्तै पहिलो दिन सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन्स बोइज एफसीबीच खेल हुनेछ ।दोस्रो खेलमा एफसीएस एस र गोदावरी युनाईटेडबीच खेल हुनेछ ।



