शुक्रबार, श्रावण २९ गते २०८३
images
images

व्हीलचेयर क्रिकेट प्रतियाेगितालाई सेञ्चुरी बैंककाे प्रायाेजन

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 367
    SHARES
  • व्हीलचेयर क्रिकेट प्रतियाेगितालाई सेञ्चुरी बैंककाे प्रायाेजन

    जेठ २० काठमाडौं । मुलपानी क्रिकेट मैदानमा व्हील चेयर क्रिकेट संघको आयोजनामा नेपाल-भारत टि२० क्रिकेट प्रतियोगिताको लागि प्रायोजकको रूपमा सेञ्चुरी बैंक जोडिएको छ।

    images

    सेञ्चुरी बैंकको पुतलीसडक काठमाडौंमा सम्झौता भएको थियो । सेञ्चुरी विकास बैंकका ब्रण्डिङ म्यानेजर स्वस्तिक सुवेदी  प्रतियोगिताका टेक्निकल हेड रविन्द्र गुप्ताबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

    व्हीलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टीम शेर्पाले सेञ्चुरी बैंक परिवारलाई यस प्रतियोगितामा दिनु भएको सहयोगप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

    images

    सेञ्चुरी बैंकका ब्रण्डिङ म्यानेजर स्वस्तिक सुवेदीले अपाङ्गता भएका व्यक्तिहरूबीच हुने यस प्रतियोगितामा आफूले सामाजिक दायीत्व गरेको र उहाहरुलाई सम्पूर्णले साथ दिनु पर्ने उनको भनाइ रहेको छ।

    नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच हुने खेल आगामी सन् २०२२ जुन १०/१२ मा हुने आयोजक संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिए ।

    अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसहरूलाई सचेत गराउन र पर्यटन पहुँच प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागेको अध्यक्ष शेर्पाले बताए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट