जेठ २० काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग २०२२ मा अन्तर्गत शुक्रबार रेलिगेड ओएसिस क्लबलाई ५-० ले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड ‘बी’ डिभिजनमा बढुवा भएको छ ।
प्लानिङ ब्वाइजको जितमा फागुराम थारुले ह्याट्रिक तथा अर्जुनकुमार राना र ओमप्रकाश चौधरीले १/१ गोल गरे ।
थारुले खेलको तेस्रो, आठौं र १६ औं मिनेटमा गोल गरे । ४३औं मिनेटमा राणाले गोल गरेका थिए भने ८२औं मिनेटमा चौधरीले पाँचौं गोल थपे ।
प्लानिङले लिगमा नौ खेल जितेको छ भने चार खेल बराबरी गरेको छ। प्लानिङ लिगमा कुनै पनि खेल नहार्ने एक मात्र टोली हो ।



