शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र ओमान भिड्दै

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 455
    SHARES
  • नेपाल र ओमान भिड्दै

    जेठ २० काठमाडौं । एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण अभ्यास खेलमा ओमानको सामना गर्दैछ । कतारमा अभ्यास गरिरहेको नेपाली टोलीले कतारस्थित सुहिम बिन हामद स्टेडियममा ओमानविरुद्ध अभ्यास खेल खेल्न लागेको हो ।

    images

    नेपाली समयअनुसार राति ९:४५ बजेबाट सुरु हुने खेलमा नेपाल आफ्नो बलियो लय देखाउँदै एसिया कप छनोटमा सरप्राइज नतिजाका लागि तयार रहेको सन्देश दिने ध्याउनमा रहने छ । यस अघि नेपालले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यू-२३ टोलीसँग २-२ गोलको बराबरी खेलेको थियो । यस्तै श्रीलंकासँग १-१ को बराबरी खेलेको नेपाल अन्तिम खेल जित निकाल्ने लक्ष्यमा हुने छ।

    नेपाली टोली कतारमा अभ्यास पूरा गरेर प्रतियोगिताका लागि छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ । छनोटमा नेपाल समूह ए' मा रहेरको छ । नेपाल रहेको समूहमा कुवेत,  इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेल आगामी ८ देखि १४ जुन सम्म हुँदै छ।

    images

    नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्दा दोस्रो खेल ११ जुनमा कुवेतसँग खेल्ने छ । त्यस्तै १४ जुनमा इन्डोनेसियाविरुद्ध आफ्नो अर्को खेल खेल्ने छ । हरेक समूहका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेता एसियन कप २०२३ मा छनोट हुने छन् ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल