शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल-भारत टि२० व्हीलचेयर फिजिकल च्यालेन्च क्रिकेट सिरिज प्रायोजकमा बी आई बैंकको साथ

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 435
    SHARES
  • नेपाल-भारत टि२० व्हीलचेयर फिजिकल च्यालेन्च क्रिकेट सिरिज प्रायोजकमा बी आई बैंकको साथ

    जेठ २० काठमाडौं । ह्विल चेयर क्रिकेट संघको आयोजनामा हुने नेपाल–भारत टी–२० फिजिकल च्यालेन्च क्रिकेट सिरिजको प्रायोजकको रूपमा यस बी आई बैंक जोडिएको छ। शारीरिक अपाङ्गता भएका क्रिकेट खेलाडीको सिरिजलाई यस बी आई बैंकले प्रायोजन गरेको हो ।

    images

    शुक्रबार यस बी आई बैंकका चिफ फाइनान्सियल अफिसर रिजवान आलम ,चिफ अपरेटिङ अफिसर यादबेन्दर कान्त र प्रतियोगिताका टेक्निकल हेड रविन्द्र गुप्ताबीच सम्झौतामा हस्ताक्षर भएको छ । व्हील चेयर क्रिकेट संघका अध्यक्ष छुल्टीम शेर्पाले यस बी आई बैंक परिवारलाई यस प्रतियोगितामा दिनु भएको सहयोगप्रति हार्दिक आभार प्रकट गरे ।

    यस बी आई बैंकका चिफ फाइनान्सियल अफिसर रिजवान आलम ,चिफ अपरेटिङ अफिसर यादबेन्दर कान्त अपाङ्गता भएका व्यक्तिबीच हुने यस प्रतियोगितामा आफूले सामाजिक दायित्व पुरा गरेको र सबैले यसमा सहयोग गर्नुपर्ने धारणा राखे । नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिबीच हुने खेल आगामी जेठ २७, २८ र २९ गते हुदैछ ।

    images

    अपाङ्गता भएका व्यक्तिलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसलाई सचेत गराउन र पर्यटन पहुँच प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागेको अध्यक्ष शेर्पाले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट