शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल ओमानसँग पराजित

एक्सप्रेस पाना
जेठ २१, २०७९ शनिबार
  • 612
    SHARES
  • नेपाल ओमानसँग पराजित

    जेठ २१ काठमाडौं । एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो मैत्रीपूर्ण खेलमा ओमानसँग पराजित भएको छ ।

    images

    कतारमा अभ्यास गरिरहेको नेपाली टोलीले कतारस्थित सुहिम बिन हामद स्टेडियममा ओमानसँग २-० गोलले पराजित भएको हो । ओमानको जितमा ओमार अल मलिकी र ईशाम अल सुभीले १/१ गोल गरेका हुन् ।

    यस अघि नेपालले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यू-२३ टोलीसँग २-२ गोलको बराबरी खेलेको थियो । यस्तै श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो ।

    images

    नेपाली टोली कतारमा अभ्यास पूरा गरेर प्रतियोगिताका लागि छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ । छनोटमा नेपाल समूह ए' मा रहेरको छ । नेपाल रहेको समूहमा कुवेत,  इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेल आगामी ८ देखि १४ जुन सम्म हुँदै छ।

    नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्दा दोस्रो खेल ११ जुनमा कुवेतसँग खेल्ने छ । त्यस्तै १४ जुनमा इन्डोनेसियाविरुद्ध आफ्नो अर्को खेल खेल्ने छ । हरेक समूहका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेता एसियन कप २०२३ मा छनोट हुने छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल