जेठ २१ हेटौंडा । चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप नकआउटका फुटबल प्रतियोगिता २०७९ अन्तर्गत तेस्रो खेलमा आज फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरी (एपिएफ)क्लबबीच खेल हुदैछ ।
पिप्ले-क्याम्पा रंगशालामा हुने खेल दिउँसोको ३ बजे सुरू हुनेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, नव जनजागुती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी गरि १२ टोलीको सहभागीता रहेको छ।
त्यस्तै प्रतियोगिताको विजेताले नगद १५ लाख तथा उपविजेतालाई १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।



