शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साइकल लेन हचुवामा बनाउनु हुन्न : मेयर बालेन शाह

एक्सप्रेस पाना
जेठ २१, २०७९ शनिबार
  • 649
    SHARES
  • साइकल लेन हचुवामा बनाउनु हुन्न : मेयर बालेन शाह

    जेठ २१ काठमाडौं । महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् ।

    images

    जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भने, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छ । फुटपाथ जस्तै वार लगाएको हुन्छ अनि सुरक्षित महशुस हुन्छ । गाडीहरुको स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ । सुरक्षा पहिलो मुद्दा हुनुपर्छ ।’

    उनका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्छ । 

    images

  • सम्बन्धित विषय:

  • # बालेन