आइतबार, भाद्र २८ गते २०८३
images

लिग वान : मेस्सी नेयमार बिना मैदान उत्रिएका पीएसजीको शानदार जित

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 365
    SHARES
  • लिग वान : मेस्सी नेयमार बिना मैदान उत्रिएका पीएसजीको शानदार जित

    भाद्र ५ एजेन्सी । फ्रेन्च लिग वान फुटबल प्रतियोगितामा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो जित निकालेको छ । टोलीका सुपर स्टार खेलाडी लियोनल मेस्सी र नेयमारबिना मैदान उत्रिएको पिएसजीले  शुक्रबार राति ब्रेस्टलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।  

    images

    पिएसजीको जितमा एण्डर हेरेरा, केलियन एमबाप्पे, इद्रिसा गाना र एन्जल डी मारियाले १र१  गोल गरे । ब्रेस्टका फ्रान्क होनोराट र स्टिभ मौनीले गोल गरे । 

    पहिलो हाफमा २/१ गोलको अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल व्यहोर्नुपरेको थियो । 

    images

    त्यस्तै पहिलो हाफको खेलको २३ औं मिनेटमा हेरेराले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा एमबाप्पेले गोल गरे । ७३ औं मिनेटमा इद्रिसाले गोल गरे । खेलको इन्जुरी समयमा डी मारियाले गोल गर्दै  पिएसजीको जित सुनिश्चित गरे । खेलको ४२ औं मिनेटमा फ्रान्क र ८५ औं मिनेटमा स्टिभले बेस्टका लागि गोल गरेका थिए । 

     उक्त जितसँगै पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ । यता पराजित बेस्ट भने लगातार तेस्रो खेलमा पराजित भएको छ ।