जेठ २२ हेटौंडा । हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा अन्तर्गत आज आइतबार भएको दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लब प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।
हेटौंडाको क्याम्पा रंगशालामा भएको खेलमा खुमलटार युवा क्बललाई २-१ गोल अन्तरले हराउँदै पुलिस क्लब अन्तिम आठमा प्रवेश गरेको हो । खेल सुरु भएको तेस्रो मिनटमै पुलिसका लागि अभिषेक रिजाल गोल गर्दै अग्रता दिलाए । खेलको ३५ मिनेटमा पुलिसका भरत शाहले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ८५ औं मिनेटमा खुमलटारका लागि अजित लामाले गोल गरे पनि जितको लागि पर्याप्त हुन सकेन ।
खेलको म्यान अफ दी म्याच खुमलटारका दिवस छत्याल घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । उक्त जित संगै पुलिसले अब २४ गते अन्तिम आठमा विभागिय टोली मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।



