शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट

एक्सप्रेस पाना
जेठ २२, २०७९ आइतबार
  • 500
    SHARES
  • युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट

    एजेन्सी । युरोपेली प्ले अफको फाइनल खेलमा युक्रेमाथि रोमाञ्चक जित निकाल्दै वेल्सले कतार विश्वकपको टिकट काटेको छ ।

    images

    आइतबार राति वेल्सको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली युक्रेनमाथि १-० गोलको जित निकाल्दै विश्वकपको लागि छनोट भएको हो ।

    वेल्सले उपहार गोल मार्फत जित निकाल्न सफल भएको हो । खेलको ३४औं मिनेटमा एन्ट्रीले यार्मोलेन्कोले आत्मघाती गोल गरेपछि वेल्सले १-० गोलको अग्रता बनाएको थियो । उक्त अग्रता खेलको अन्तिम सँग जोगाउँदै विश्वकपको टिकट काट्न सफल भएको हो । तुलनात्मक रुपमा बल पोजिसनमा पटक जमाएको युक्रेनले गोल गर्न नसक्दा विश्वकप खेल्ने सपना चक्नाचुर भएको हो ।

    images

    वेल्ससँगै अहिलेसम्म विश्वकपका लागि ३० राष्ट्रले टिकट काटिसकेका छन् । अब वेल्सले समूह 'बी'मा रहेर विश्वकप खेल्नेछ । यस समूहमा इंग्ल्यान्ड, अमेरिका र इरान रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट