शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रोनाल्डो चम्किँदा पोर्चुगलको फराकिलो जित

एक्सप्रेस पाना
जेठ २३, २०७९ सोमबार
  • 937
    SHARES
  • रोनाल्डो चम्किँदा पोर्चुगलको फराकिलो जित

    एजेन्सी । कप्तान क्रिस्टियानो रोनाल्डोको २ गोलको मद्दतमा यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा पोर्चुगलले स्विजरल्याण्डमाथि फराकिलो जित निकालेको छ ।

    images

    आइतबार राति भएको खेलमा पोर्चुगलले घरेलु मैदानमा पाहुना टोली स्विजरल्याण्डमाथि ४-० गोलको सानदार जित निकालेको हो ।

    पोर्चुगलको जितमा कप्तान रोनाल्डोले २ गोल गर्दा कार्भाल्हो र जाओ क्यान्सेलो समान १/१ गोल गरे ।

    images

    पहिलो हाफै ३-० गोलको आरामदायी अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । खेलको १५औं मिनेटमा कार्भाल्होको गोलबाट अग्रता बनाएको पोर्चुगलको लागि रोनाल्डो ३५औं र ३९औं मिनेटमा गोल गरि पहिलो हाफभरि ३-० गोलको अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको खेलको ६८औं मिनेटमा क्यान्सेलोले गोल गरि पोर्चुगलको फराकिलो जित पक्का गरे । त्यसअघि खेलको ७औं मिनेटमा स्विजरल्याण्डले गोल गरेता पनि रेफ्रीको भारको सायताले उक्त गोलले मान्यता पाएन ।

    उक्त जितसँगै पोर्चुगल ग्रुप ए को (२) मा २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएको चेक रिपल्कि दोस्रो तथा २ अंकको स्पेन तेस्रो तथा स्विजरल्याण्ड पुछारमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # यूईएफए नेसन्स लिग