शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आर्मी मकवानपुर गोल्डकपको सेमिफाइनलमा

एक्सप्रेस पाना
जेठ २३, २०७९ सोमबार
  • 505
    SHARES
  • आर्मी मकवानपुर गोल्डकपको सेमिफाइनलमा

    जेठ २३ हेटौंडा । विभागिय टोली त्रिभुवन नेपाल आर्मी फुटबल क्बल हेटौंडामा जारी चौथो संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता २०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    सोमबार भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । निर्धारित समय १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको छिनोफानो टाइब्रेकरमा गरिएको थियो । टाइब्रेकरमा आर्मी ५-४ गोलअन्तरले विजयी भएको हो ।

    साविकको विजेता आर्मीलाई टाइब्रेकरमा विजयी गराउन अनुभवी गोलरक्षक विकेश कुथुको योगदान रह्यो । उनले एपीएफका मणिकुमार लामाका प्रहार रोकेका थिए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    images

    आर्मीको तर्फबाट टाइब्रेकरमा दीपक गुरुङ, सिमान्त थापामगर, सन्तोष केसी, कमलबहादुर थापा र दिनेश हेम्जनले गोल गरे । एपीएफको तर्फबाट नवीन लामा, सुदिप सिख्राकार, सनिस श्रेष्ठ, रवि थिङले गोल गरेको थिए ।

    निर्धारित समयमा आर्मीको तर्फबाट ७६ औं मिनेटमा दिनेश हेम्जनले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । एपीएफका युवराज खड्काले दोस्रो हाफ्को अतिरिक्त समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

    जेठ ३० गतेसम्म सञ्चालन हुने चौथो संस्करणको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मकवानपुर गोल्डकप