शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चिलीमाथि दक्षिण कोरियाको जित

एक्सप्रेस पाना
जेठ २४, २०७९ मंगलबार
  • 457
    SHARES
  • चिलीमाथि दक्षिण कोरियाको जित

    एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टोली दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २-० गोलको सहज जित निकालेको छ ।

    images

    मंगलबार राति घरेलु मैदानमा कोरियालाई जित दिलाउन ही-चान ह्वाङ र ह्युङ मिन सनले १/१ गोल गरे ।

    खेलको १२औं मिनेटमा ह्वाङले गरेको गोलबाट कोरियाले अग्रता लिएको थियो । यस्तै, इन्जुरी समयमा सनले गोल गरेपछि कोरियाले २-० को जित निश्चित गरेेकाे हाे ।

    images

    यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा कोरिया ब्राजिलसँग ५-१ ले पराजित भएको थियो । यस्तै, चिलीले भने दोस्रो मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग खेल्ने तालिका छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल