शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेयमारको निर्णायक गोलमा ब्राजिलले जापानलाई हरायो

एक्सप्रेस पाना
जेठ २४, २०७९ मंगलबार
  • 531
    SHARES
  • नेयमारको निर्णायक गोलमा ब्राजिलले जापानलाई हरायो

    एजेन्सी । सुपरस्टार खेलाडी नेयमारको निर्णायक गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १-० गोलले पराजित गरेको छ ।

    images

    सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले  ७७औं मिनेटमा पेनाल्टीमा गोल गरे । 

    यसै वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा जापानले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्दी पाराग्वेमाथि ४-१ को सहज जित निकालेको थियो । ब्राजिलले पनि पहिलो खेलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई ५-१ ले पराजित गरेको थियो ।

    images

    जापानले हालसम्म ब्राजिललाई हराउन सकेको छैन । यी दुई टिमबीच भएको पछिल्लो १३ खेलमा ब्राजिलले ११ खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल