एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगितामा आरबी लाइप्जिगले पहिलो जित दर्ता गरेको छ ।
शुक्रबार राति घरेलु मैदान रेड बुल एरेनामा सम्पन्न भएको खेलमा घरेलु टोली लाईपजिगले पाहुना टोली भिएफबी स्टुटगार्टमाथि ४/० को फराकिलो जित निकालेको हो ।
घरेलु टोलीको जितमा डोमिनिक सोबोस्लाईले २ तथा इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले समान १र१ गोल गरे । पहिलो हाफमा १/० गोलको अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा थप ३ गोल निस्किएको थियो ।
उक्त जितसँगै लाइप्जिग २ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । लाइप्जिग पहिलो खेलमा माइन्जसँग १–० ले स्तब्ध बनेको थियो ।


