शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मनाङलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको सेमिफाइनलमा

एक्सप्रेस पाना
जेठ २४, २०७९ मंगलबार
  • 521
    SHARES
  • मनाङलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको सेमिफाइनलमा

    जेठ २४ काठमाडौं । हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता २०७९ अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा विभागिय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    मंगलबार पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा पुलिसले मनाङ मर्स्याङ्दी क्लबमाथि १-० गोलले जित निकालेको हो ।

    खेलको ३५औं मिनेटमा नेपाल पुलिस क्लबका भरत शाहले बक्स बाहिरबाट उत्कृष्ट भलीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । गोलकिपर विशाल श्रेष्ठको क्लियरन्सलाई भरतले सिधै रोकेर विशालको गोलको माथिल्लो दायाँ कुनामा भली प्रहार गर्दै नेपाल पुलिस क्लबलाई अग्रता दिलाएको थियो।

    images

    मनाङ मस्र्याङदीले खेलको ४१ औं मिनेटमा प्राप्त पेनाल्टी गोल गर्न सकेन । पुलिसका गोलरक्षक शत्रुधन चौधरीले मनाङका कप्तान अञ्जन विष्टले गरेको प्रहार बचाएका थिए । पुलिसले फाइनल प्रवेशका लागि विजय युथ क्लब हेटौंडा र नव जनजागती युथ क्लब सिमरावीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    पूर्व विजेता नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेन्ड्स क्लब, खुमलटार युथ क्लब, नव जनजागती युथ क्लब सिमरा, वाग्मती युथ क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभेनिर एफसीका १२ टोली सहभागी छन्।

    यस्तै यस प्रतियोगिताको विजेतालाई १५ लाख र उपविजेतालाई १० लाख रुपैयाँ प्रदान आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मकवानपुर गोल्डकप