आइतबार, भाद्र २८ गते २०८३
images

इटालियन सिरी ए आजबाट सुरु

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 424
    SHARES
  • इटालियन सिरी ए आजबाट सुरु

    एजेन्सी । युरोपको शिर्ष ५ लिग मध्यको इटालियन लिग सिरी ए नयाँ सिजन २०२१र२२ आजबाट सुरु हुदैछ । 

    images

    युरोकप २०२० को उपाधि उचाल्दै उत्सव मनाएको इटाली फेरी एकपटक सिरी ए को नयाँ सिजनको लागि तयार भइसकेको छ । युरोपको शिर्ष ५ लिग मध्ये सिरी ए ढिलो सुरु हुन् लागेको हो । जसमा इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा, फ्रेन्च लिग वान यसअघिनै शुरु भैसकेको छ । 

    गत सिजन सिरी ए इतिहासकै सफल युभेन्टसको ९ वर्षको एकाधिकार तोड्दै इन्टर मिलानले लिगको उपाधि उचालेको थियो । त्यस्तै यता युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको लागि सिरी ए मा यो अन्तिम सिजन हुन सक्छ । यसै सिजन युरोपका विभिन्न क्लबमा अनुबन्ध हुने हल्लाविरुद्व बोल्दै रोनाल्डो कम्तिमा एक सिजनको लागि युभेन्टसमै रहने पक्का गरिसकेका छन् ।

    images

    यता सविक विजेता इन्टर मिलानले भने आफ्नो टोलीको महत्त्वपूर्ण सदस्य गुमाइसकेको छ । गत सिजन टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भुमिका खेलेका स्ट्राइकर रोमेरो लुकाकु इन्टर छोड्दै पुर्व क्लब चेल्सी फर्किएका छन् । अर्का स्ट्राइकर लौटरो मार्टिनेजपनि इन्टरमै रहनेमा टुङ्गो छैन । यस्तै अर्का खेलाडी अचार्फ हकिमीलाईपनि गुमाएको इन्टर यस सिजन कस्तो प्रदर्शन गर्नेछ त्यो हेर्न बाँकी नै छ । यता एसी मिलानले पनि आफ्नो दाबेदरी दिनेछ। भने रोमाले पनि उपाधि जित्ने अभियानमा रहेको छ  । 

    आजबाट सुरु हुने सिरी ए मा पहिलो दिनको खेलमा आज ४ खेल हुदैछ । जसमा भेरोना भर्सेस सासुलो, इन्टर मिलान भर्सेस जेनोआ,  इम्पोली भर्सेस लाजियो । टोरीनो भर्सेस एटलान्टा

    नेपाली समयअनुसार आज राति हुने खेलहरु
    १. भेरोना भर्सेस सासुलो (१०:१५) बजे
    २.इन्टर मिलान भर्सेस जेनोआ (१०:१५) बजे
    ३. इम्पोली भर्सेस लाजियो (१२:३०) बजे
    ४. टोरीनो भर्सेस एटलान्टा (१२:३०) बजे