शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

एक्सप्रेस पाना
जेठ २६, २०७९ बिहीबार
  • 433
    SHARES
  • फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

    जेठ २६ काठमाडौं । एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । 

    images

    बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । 

    काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ । 

    images

    ‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ,’ रावलको प्रश्न छ । 
     

  • सम्बन्धित विषय:

  • # भीम रावल