शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मकवानपुर गोल्डकप : विजय युथको सानदार जित

एक्सप्रेस पाना
जेठ २६, २०७९ बिहीबार
  • 417
    SHARES
  • मकवानपुर गोल्डकप : विजय युथको सानदार जित

    जेठ २६ हेटौंडा । विजय युथ क्लब जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा विजय युथले नव जनजागृती क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । विजय युथलाई सहज जित दिलाउनका लागि अमिर श्रेष्ठ, सञ्जोक राई र सुनिल घलानले एक-एक गोल गरे ।

    images

    निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा विजय युथले तीन गोल गर्यो । खेलको ५४ औँ मिनेटमा अमिर श्रेष्ठले गोल गर्दै बिजय युथलाई १-० को अग्रता दिलाए । खेलको ६४ औँ मिनेटमा सञ्जोक राईले गोल गर्दै विजय युथले अग्रता दोब्बर बनायो ।

    खेलको अन्तिम मिनेटमा नव जनजागृतीका साहिदले अमिरलाई डिबक्सभित्र फाउल गरेपछि बिजय युथले पेनाल्टी पायो । तर, अमिर टोली अग्रता तेब्बर बनाउने अवसरबाट चुके । उनले प्रहार गरेको पेनाल्टी गोल पोष्टको फ्रेममा समेत पर्न सकेन । खेलको निर्धारित ९० मिनेटको समय सकिएपछि अतिरिक्त ४ मिनेट सयम थप गरिएको थियो । अतिरिक्त समयमा सुनिल घलानले गोल गर्दै टोलीलाई ३-० को शानदार जित दिलाए ।

    images

    उत्कृष्ट खेल प्रर्दशन गर्दै टोलीका लागि एक गोल गरेका विजय युथका सुनिल घलान म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि हात पारे । यसअघिको खेलमा नव जनजागृतीले बागमती युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै विजय युथसंग भेट पक्का गरेको थियो । घरेलु टोली विजय युथले भने सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो ।

  • सम्बन्धित विषय:

  • # मकवानपुर गोल्डकप