एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा नयाँ सिजन २०२१र२२ अन्तर्गत आजबाट लिगको दोस्रो खेलहरु सुरु हुदैछ ।
जसमा आज उपाधिका दाबेदार टोलीहरु एक अर्कोसँग खेल्नेछन् । लिभरपुल , साविको विजेता म्यान्चेस्टर सिटी, एभर्टन ,क्रिस्टल प्यालेस जस्ता टोलीहरुको खेल रहेको छ ।
नेपाली समय अनुसार आज साझ हुने पहिलो खेलमा लिभरपुलले बर्नलीको सामना गर्नेछ । उक्त खेल साझ ५:४५ बजेबाट लिभरपुलको घरेलु मैदानमा हुनेछ ।
आज शनिबार हुने सम्पूर्ण खेल नेपाली समयअनुसार
१. लिभरपुल भर्सेस बर्नली (५:१५०) बजे
२. किस्टल प्यालेस भर्सेस ब्रेनफोड (७:४५)
३. लिड्स युनाइटेड भर्सेस एभर्टन (७:४५)
४. म्यान्चेस्टर सिटी भर्सेस नर्वीच सिटी (७:४५)
५. एस्टन भिल्ला भर्सेस न्युक्यासल (७:४५)
६. ब्राइट भर्सेस वाटफोर्ड (१०:१५)


