दिक्षान्स खङ्का/ जेठ २६ हेटौंडा । जारी मकवानपुर गोल्डकपमा अन्तर्राष्ट्रिय क्लब एभिनियर एफसी क्यामरुन सेमिफाईनलमा प्रवेश गरेको छ ।
बिहिबार हेटौंडाको पिप्ले रंगशालामा भएको दोस्रो खेलमा चर्चव्वाईज क्लब काठमाण्डौलाई ४-० गोल अन्तरले पराजित गर्दै क्यामरुन सेमिफाईनलमा प्रवेश गरेको हो । यो संगै अब क्यामरुनले फाइनल प्रवेशको लागि जेठ २८ गते त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि आजै भएको खेलमा नवजनजागृती युवा क्लव सिमरालाई ३-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय युथ क्लब हेटौंडा सेमिफाईनलमा प्रवेश गरेको थियो । हेटौंडाले फाईनल प्रवेशका लागि नेपाल पुलिस क्लबसंग भोलि जेठ २७ गते प्रतिस्पर्धा गर्नेछ ।
३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।



