शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोर्चुगलको सहज जित

एक्सप्रेस पाना
जेठ २७, २०७९ शुक्रबार
  • 440
    SHARES
  • पोर्चुगलको सहज जित

    एजेन्सी । युईएफए नेसन्स लिगमा चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराउँदै समूह ए २ मा रहेको पोर्चुगलले दोस्रो जित निकालेको छ ।

    images

    बिहिबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान १/१ गोल गरे । दुबै गोल पहिलो हाफमा सम्भव भएको थियो । 

    उक्त जितसँगै पोर्चुगल ३ खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंक सहित तेस्रो स्थानमा छ । यस्तै सोही समूहको खेलमा स्विट्जरल्यान्डलाई १-० ले पराजित गरेका स्पेन दोस्रो स्थानमा छ ।

    images

  • सम्बन्धित विषय:

  • # यूईएफए नेसन्स लिग