दिक्षान्स खङ्का/ हेटौंडा । पिप्ले रंगशालामा जारी चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता २०७९ मा आज फाइनल प्रवेशको लागि खेल हुँदै छ ।
अपरान्न ४ बजे हुने दिएको एक खेलमा घरेलु टोली विजय युथ क्लब हेटौंडा र विभागिय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।
विजेता टोलिले जेठ ३० गते हुने फाइनल खेलमा प्रवेश पाउनेछ । बिहिबार बिहान नवजनजागृती युवा क्लव सिमरालाई ३-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली हेटौंडा सेमिफाईनलमा प्रवेश गरेको थियो ।
यसैगरि,दोस्रो सेमिफाइनल खेल भोलि एभिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लबबीच हुँदै छ ।
प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।



