शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल ओमानसँग १३ रनले पराजित

एक्सप्रेस पाना
जेठ २७, २०७९ शुक्रबार
  • 378
    SHARES
  • नेपाल ओमानसँग १३ रनले पराजित

    जेठ २७ काठमाडौं । विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानसँग १३ रनले पराजित भएको छ ।

    images

    बिहिवार ओमानले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.४ ओभरमा सबै विकेट घुमाउदै १९८ रनमा समेटिएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रनको योगदान दिए भने देव खनालले ३४ रन बनाए । रोहित पौडेलले १७ बलमा २० रन बनाए । ओमानका लागि जिसान महमुद र खवार अलीले ३/३ विकेट लिए ।

    यसअघि अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको थियो ।ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पारी खेले । १२६ बल खेलेका उनले १२ चौका प्रहार गर्दै १०४ रन जोडे । त्यस्तै खवार अलीले ३० रनको योगदान गर्दा सविब खानले २७ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३८ रन खर्चेर ५ विकेट लिए ।  त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

    images

    नेपालले ओमानलाई हालसम्म एक पटक मात्र हराएको छ । लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट