आइतबार, भाद्र २८ गते २०८३
images

क्रिकेटर करण केसीले बनाए नयाँ कीर्तिमान

एक्सप्रेस पाना
जेठ २७, २०७९ शुक्रबार
  • 296
    SHARES
  • क्रिकेटर करण केसीले बनाए नयाँ कीर्तिमान

    जेठ २७ काठमाडौं । अमेरिकाको टेक्सासमा शुक्रबार बिहान सकिएको आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरूद्धको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भयो । 

    images

    टस जितेर पहिले ब्याटिङ गरेको ओमानलाई नेपालले ८ विकेटको क्षतिमा २११ रनमै रोकेको थियो। ओमानलाई सामान्य योगफलमा रोक्के क्रममा करण केसीले कीर्तिमानी बलिङ गरे। 

    करणले एकदिवसीय खेलमा पहिलो पटक पाँच विकेट लिन सफल भए । उनले १० ओभरमा ५ विकेट लिँदा ३८ रन खर्चिए।

    images

    करण नेपालका लागि एकदिवसीय खेलको एकै इनिङ्ग्समा पाँच वा बढी विकेट लिने तेस्रो खेलाडी हुन् । यसअघि सोमपाल कामीले नेपालका लागि एकदिवसीय खेलमा पहिलो पटक पाँच विकेट लिने इतिहास रचेका थिए। सोमपालले सन् २०१९ मा युएईविरूद्ध ५५ विकेट लिँदा ३३ रन खर्चिएका थिए।

    कप्तान सन्दीप लामिछानले भने एकै इनिङ्ग्ग्समा दुई पटक ६ विकेट लिएका छन्। सन् २०२१ मा ओमानमा भएको खेलमा पिएनजीविरूद्ध सन्दीपले ६ विकेट लिँदा ११ रन मात्र  दिएका थिए। यो नेपालका लागि एकदिवसीय खेलमा अहिलेसम्मकै उत्कृष्ट बलिङ हो। त्यसअघि उनले २०२० मा अमेरिकाविरूद्ध घरेलु मैदानमा ६ विकेट लिँदा १६ रन खर्चिएका थिए। 

    शुक्रबार पाँच विकेट लिएसँगै करण नेपालका लागि टि२० र एकदिवसीय दुवै फर्म्याटमा एक इनिङ्ग्ग्समा पाँच विकेट लिने पहिलो खेलाडी बने।