जेठ २८ काठमाडौं । एएफसी एशियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । आयोजकसमेत रहको कुवेतबिरुद्ध नेपाल आज प्रतिष्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १० बजेबाट शुरु हुनेछ । यसअघि बलियो टोली जोर्डन बिरुद्ध २-० को पराजय भोगको नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले आफ्नो घरेलु टोली विरुद्ध नेपाल पहिलो जितको खोजीमा रहेको छ ।

