आइतबार, भाद्र २८ गते २०८३
images

मकवानपुर गोल्डकप : उपाधिका लागि विजय युथ र आर्मी भिड्दै, कसले मार्ला बाजि ?

एक्सप्रेस पाना
जेठ ३०, २०७९ सोमबार
  • 600
    SHARES
  • मकवानपुर गोल्डकप : उपाधिका लागि विजय युथ र आर्मी भिड्दै, कसले मार्ला बाजि ?

    जेठ ३० हेटौंडा । चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधिका लागि आज सोमबार विजय युथ क्लब हेटौंडा र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन् । 

    images

    हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने फाइनल खेल दिउँसो ३:३० बजेबाट सुरू हुनेछ।

    सेमिफाइनलमा विजय युथ क्लब हेटौंडाले नेपाल पुलिस क्लबलाई १-०  गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो, भने यता त्रिभुवन आर्मी फुटबल क्लबले भने एभिनियर एफसीलाई ११-१०  सडनडेथमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

    images

    आईतबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधी हात पार्ने दाबी गरेका छन् । घरेलु टोली विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठ र कप्तान अशोक बरालले भोलिको फाईनल खेलको लागि आफुहरुले रणनीति तयार पारिसकेको र घरेलु टोलीको लागि दर्शकको साथ पनि हुने भन्दै उपाधी जित्नेमा दाबी गरे ।

    यसैगरि,यता आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवासले उपाधी रक्षा गर्ने दाबी गरेका छन् । उनिहरुले आफ्नो टोलीमा हेटौंडामा भएको यसपटक गोल्डकपमा नयाँ खेलाडीहरुलाई मैदानमा उतार्दा पनि उत्साहजनक खेल खेल्दै फाईनलमा पुगेको बताउँदै यसपटकको उपाधी पनि आर्मीलेनै जित्ने दाबी गरे ।

    यसअघि,२०७७ सालमा भएको तेस्रो मकवानपुर गोल्डकपको फाईनलमा खेल पनि घरेलु टोली र आर्मी भिडेको थियो । आर्मीले घरेलु टोली मकवानपुर-११ लाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको थियो । अघिल्लो पटक फाईनलमा पुगेर उपाधी हात पार्न नसकेको हेटौंडालाई बदला लिने अवसर छ भने आर्मीलाई उपाधी रक्षा गर्न चुनौती छ ।

    आज हुने फाईनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । आज हुने फाईनल खेलको विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विद्यागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।