जेठ ३० हेटौंडा । चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा आर्मीले आयोजक विजय युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै दोस्रो पटक उपाधि जितेको हो ।
आर्मीले यसअघि, २०७७ सालमा भएको तेस्रो मकवानपुर गोल्डकपको फाईनलमा खेल पनि घरेलु टोली मकवानपुर-११ लाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको थियो ।
उपाधि सँगै आर्मीले नगद १५ लाख र उपविजेता टोलि विजय युथ क्लबले १० लाख प्राप्त गर्ने छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विद्यागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।


