आइतबार, भाद्र २८ गते २०८३
images

सेभेन लेक रिसोर्ट वोमन क्रिकेटकाे फाइनलमा आज गण्डकी स्ट्राइकरस र मिथिलाञ्चल वारियर्स भिड्दै

एक्सप्रेस पाना
जेठ ३१, २०७९ मंगलबार
  • 304
    SHARES
  • जेठ ३१ पोखरा । पोखरा विश्विद्यालय क्रिकेट क्लबको आयोजनामा " सेभेन लेक रिसोर्ट वोमन पोखरा विश्वविद्यालय क्रिकेट लिग"को  दोस्रो संस्करणको लागि पोखरा विश्वविद्यालयको खेलमैदानमा गण्डकी स्ट्राइकरस र मिथिलाञ्चल वारियर्स भिड्ने भएका छन्।

    images

    यस्तै हिजो भएको पहिलो सेमीफाइनल खेलमा गण्डकी स्ट्राइकरसले गोर्खाली ब्लाष्टरसलाई ७ विकेटले हराउदै गण्डकी स्ट्राइकरसले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।गण्डकी स्ट्राइकरसका लागि अनीता श्रेष्ठले २ ओभरमा ६ रन दिँदै २ विकेट लिएका थिइन। त्यसैगरी ब्याटिङ्गमा सुस्मिता जमरकट्टेल ले ९ बलमा १७ रन बनाएको थिइन्। गोर्खाली ब्लास्टरका लागि ११ बलमा १६ रन योगदान दिएकी थिइन्।

    हिजै भएको दोस्रो सेमीफाइनल खेलमा मिथिलाञ्चल वारियर्सले २८ रनले ट्रायल ब्ल्याजरसलाई हराउदै मिथिलाञ्चल वारियर्सले फाइनल खेलका लागि  आफ्नो स्थान सुरक्षित बनाउन सफल भएको थियो। जसमा अनु ठाकुरले २० बल खेल्दै ४५ रनको योगदान दिएकी थिईन।

    images

    पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसको विभिन्न  संकायमा अध्यनरत छात्रहरुले यस प्रतियोगितामा सहभागिता भएका थिए ।

    पोखरा विश्वविद्यालयमा महिला क्रिकेटलाई प्रोत्साहान गर्नका आज हुने फाइनल खेलमा पोखरा विश्वविद्यालय र  महिला क्रिकेटमा चासो राख्ने सम्पूर्णलाई फाइनल खेल हेर्न आइदिनु हुन पोखरा विश्वविद्यालय क्रिक्रेट क्लबका अध्यक्ष भूपेन्द्र भट्टले भने ।

    आज हुने फाइनल खेलमा सबैले महिला क्रिकेटलाई प्रोत्साहन गर्न र यस प्रतियोगितालाई भव्य र सफल बनाउन सबैले साथ दिनु हुने आशा रहेको सेभेन लेक रिसोर्ट वोमन पोखरा विश्वविद्यालय क्रिकेट लिग दोस्रो संस्करणको प्रतियोगिता निर्देशक अभिषेक यादवले जानकारी दिए।

    अब आज हुने फाइनल खेलको दोस्रो संस्करणका  लागि गण्डकी स्ट्राइकरस र मिथिलाञ्चल वारियर्स फाइनल खेलको लागि उपाधिका भिड्दै छन्।