आइतबार, भाद्र २८ गते २०८३
images

नेपालको विजयी सुरुवात

एक्सप्रेस पाना
आषाढ ३, २०७९ शुक्रबार
  • 317
    SHARES
  • नेपालको विजयी सुरुवात

    असार ३ काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टि२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।

    images

    मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो । यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो ।

    भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोडिन । यस्तै एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन जोडिन । पेमा सोल्डेनले ४ रन बनाईन ।

    images

    May be an image of 3 people, people standing, people playing sports and text that says 'BARMA NEPA SKY 士 CH × SKY C met'

    यता भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ४ विकेट लिईन भने कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य,सिता राना मगर र इन्दु वर्माले १/१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार  बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

    May be an image of 1 person, playing a sport and text that says 'BARMA'