आइतबार, भाद्र २८ गते २०८३
images

फाइनल पुग्न युएईद्वारा नेपाललाई ८२ रनको विजयी लक्ष्य

एक्सप्रेस पाना
आषाढ १०, २०७९ शुक्रबार
  • 248
    SHARES
  • फाइनल पुग्न युएईद्वारा नेपाललाई ८२ रनको विजयी लक्ष्य

    असार १० काठमाडौं । एसीसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।

    images

    मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनायो।

    युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् ।  इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन जोडिन् ।  
    यस्तै खुसी शर्मा १२ रनमा आउट भईन् ।  

    images

    यता नेपालका लागि अश्मिना कर्माचार्यले ५ विकेट लिईन् भने इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् । आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ ।