शुक्रबार, भाद्र २६ गते २०८३
images

मानुषी लघुवित्तको आइपिओ बाँडफाँड हुदै 

एक्सप्रेस पाना
भाद्र ७, २०७८ सोमबार
  • 422
    SHARES
  • मानुषी लघुवित्तको आइपिओ बाँडफाँड हुदै 

    भाद्र ७ काठमाडौं । मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) आज (सोमबार)बिहान बाँडफाँड हुँदै छ । बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बिहान साढे ८ बजे आइपिओ बाँडफाँड गरिनेछ।

    images

    आइपिओमा २३ लाख बढीले आवेदन दिएका छन् । धेरैको हात्त रित्तो हुने भएको छ । जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले र तीमध्येबाटै ३ जनाले थप १–१ कित्ताका दरले सेयर पाउने छन्।

    कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो।

    images

    जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।