सुनमाया
तिमीलाई थाहा छ ?
हाम्रो घरको चुल्हो मुस्किलले सल्किन्छ
जब सल्किन्छ
म देख्छु धुवाँमा
मेरी आमा साकिरा झैँ ब्रेक डान्स गर्दैछिन्
कहिले पातली गाईको थुनमा
कहिले घर मास्तिरको पाखो बारीमा
त कहिले घरको दैलामा
मेरी आमाको हात कलात्मक रुपमा सर्याकसुरुक गरिरहेछ
मलाई लाग्छ मेरी आमा-
कुनै रियालिटी शोमा भाग जनाउँदैछिन्
तर बिडम्बना
निर्णायकहरु आँखा बन्द गरेर, कान थुनेर
बेसोमत हल्ला गरिरहेछन्
र त उनी हरेकपटक आउट हुन्छिन्
जिन्दगीको रियालिटी सोबाट
फेरि पनि मेरी आमा
मुस्किलले सल्किएको चुल्होबाट निस्किएको धुवाँमा
अझै पनि डान्स गरिरहेछिन् ।
बिना थेङ तामाङ


