भाद्र ७ काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओ बाँडफाँट भएको छ ।
सोमबार बिहान शेयरको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा उक्त आइपीओ बाँडफाँट भएको हो । मागभन्दा अधिक आवेदन परेका कारण गोलाप्रथाद्वारा शेयर बाँडफाड गरिएको हो । जसअनुसार कुल ३६ हजार ८५६ जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ३ जनाले ११ कित्ताका दरले पाएका छन् ।
लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जनाको रीतपूर्वक आवेदन परेको थियो । तीमध्ये अधिकांशको हात खाली रहेको छ । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।


