असार १४ काठमाडौं । अष्ट्रेलियाको एडिलेड नेप्लिज क्रिकेट एशोसियसन(एन्का)ले क्रिकेट खेलको बिकासमा योगदानका लागि वरिष्ठ कलाकार हरिवंश आचार्य सहित खेलाडी तथा सहयोगीहरुलाई सम्मान गरेको छ ।
आचार्यले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रवासी जिवनमा अध्ययन काम पारिवारिक जिवनका बाबजुत पनि क्रिकेट खेलमा सहभागी जनाएकोमा खेलाडी तथा सम्वन्धितहरुको प्रशंसा गरेका थिए । आचार्यको अनुपस्थितिमा रेड राईनो क्रिकेट क्लवका अध्यक्ष हेम श्रेष्ठले सम्मान ग्रहण गरेका थिए ।
कार्यक्रममा एन्काले २०२१/२२ सिजनमा विभिन्न विधाका उत्कृष्ट भएका खेलाडीहरुलाई सम्मान गरेको थियो । जसमा प्रेसिडेन्ट अवार्डबाट हिमालयन वारियर क्रिकेट क्लबका मनिष काफ्ले सम्मानित भएका थिए । सो सम्मानका लागि काफ्ले सहित, सुनम गौतम, प्रियसन थापा मगर मनोनीत भएका थिए ।
यस बर्ष हाल आयरल्याण्डमा व्यवसायी खेलका क्रममा रहेका एन्काका टिम क्याप्टेन सुनम गौतमले तिन विधामा सम्मान प्राप्त गरे । गौतमले गत सिजनको मोस्ट भ्यालुयवल प्लेयर (पुरुष) र बेस्ट प्लेयर , एन्का सुपर लिगको वेस्ट प्लेर सम्मानबाट सम्मानित भएका थिए । यसै गरि गत सिजनको भ्यालुयवल प्लेयर (महिला) बाट बिनिता सिह, महिला टि १२ लिगको बेस्ट प्लेयरबाट पायोजा थापा सम्मानित भएका थिए ।
गत बर्ष सम्पन्न एक्सपर्ट एन्का सुपर लिगको बेस्ट प्रफरमेन्ट अन फिल्डबाट मनिस काफ्ले, बेस्ट बलरबाट आशिष राना मगर, इमर्जिङ प्लेयरबाट प्रमेश गिरी सम्मानित भएका थिए । एन्का महिला टिम एन्का सनसाइनको इमर्जिङ प्लेयरबाट रश्मी महत र राइजिङ प्लेरबाट अनिता सिह सम्मानित भएका थिए ।
कार्यक्रममा विज्ञापनदाताहरु सहित विभिन्न कार्यक्रमहरुमा सहयोग गरे बापत एडिलेड नेपाली विद्यालय र एडिलेड नेपाली पाठशालालाइ समेत सम्मान गरिएको थियो । कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको पुर्व मन्त्री जिङ लीले क्रिकेट मार्फत एन्काले नेपाली समुदायलाई जोडेको बताउदै रक्तदान लगायतका सामाजिक कार्यको प्रशंसा गरेकी थिईन
यसैगरि एन्काको सल्लाहकार पारा ओलम्पियन क्ट्रीना ओएभले एन्काले समुदायमा पुराएको योगदानको प्रशंसा गरेकी थिईन । एन्का अध्यक्ष विजय जोशीले गत सिजनमा क्लव, खेलाडी, विज्ञापनदाता सहित सहयोगीहरु धन्यवाद दिदै सहयोगलाई आगामी बर्षहरुमा जारी रहने विश्वास व्यक्त गरेका थिए । एन्का सचिव डोलकर गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन क्रिकेटर समेत रहेका दिपक क्षेत्रीले गरेका थिए ।


