भाद्र ७ काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मुल्य सामान्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार छ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११८० मा कारोबार भएकोमा आज बढेर तोलामा ११९० कायम गरिएको महासंघले जनाएको छ ।


