शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप छनौट खेल्ने कोपा विजेता अर्जेन्टिनाले गर्यो ३० सदस्यीय टोली घोषणा

एक्सप्रेस पाना
भाद्र ७, २०७८ सोमबार
  • 663
    SHARES
  • विश्वकप छनौट खेल्ने कोपा विजेता अर्जेन्टिनाले गर्यो ३० सदस्यीय टोली घोषणा

    एजेन्सी । ​​​​​​​आगामी बर्ष २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनौट खेल्ने अर्जेन्टिनाले ३० सदस्यीय टोली घोषणा गरेको छ । 

    images

    सोमबार मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटतर्फको खेल खेल्ने टोली घोषणा गरेका हुन् । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी०का एन्जल डी मारिया र लियन्द्रो पेरेडेस, इन्टर मिलानका लाउटारो मार्टिनेज, युभेन्टसका पाउलो डिब्बाला र एथ्लेटिको मड्रिडका रोड्रिगो डी पल पनि समावेश छन् । 

    विश्वकपको छनोटअन्तर्गत अर्जेन्टिनाले तीन राष्ट्रसँग खेल्ने छन् । अर्जेन्टिनाले भेनेज्वला, ब्राजिल र बोलिभियासँग खेल्ने तालिका छ । अर्जेन्टिनाले ३ सेप्टेम्बरमा भेनेज्वलासँग खेल्नेछ भने ५ सेप्टेम्बरमा ब्राजिलको सामना गर्नेछ । यस्तै, १० सेप्टेम्बरमा बोलिभियासँग खेल्नेछ । 

    images

    विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ अर्जेन्टिना १२ अङ्कका साथ दोस्रो स्थानमा छ । उसले ६ खेल खेलेको छ । शीर्ष स्थानमा रहेको ब्राजिलसँग १८ अङ्क छ । ब्राजिल अपराजित रहेको छ ।

    240331718_157196336549473_4316942760853706813_n.jpg