शुक्रबार, भाद्र २६ गते २०८३
images

राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 362
    SHARES
  • राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

    भाद्र ८ काठमाडौं । त्रिदेशीय क्रिकेट श्रृङ्खलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्तान गरेको छ ।

    images

    ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय र प्रशिक्षक सहित पाँच अफिसल गरि कुल २२ सदस्य टोली आज बिहान ८ बजे सलाम एयरबाट ओमानतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ ।

    श्रृङ्खलाअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र २३ गते दुई वटा एक दिवसीय खेल्नेछ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। तस्बिर - क्यान

    images