भाद्र ८ काठमाडौं । नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । आज मंगलबार प्रतितोलामा ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार सुनको मूल्य ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन तोलामा ९१ हजार १०० रुपैयाँ रहेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रति तोलामा १० रुपैयाँले बढी एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

