शुक्रबार, भाद्र २६ गते २०८३
images

ला लिगा : सेभिल्लाको लगातार दोस्रो जितसँगै शीर्ष स्थानमा 

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 272
    SHARES
  • ला लिगा : सेभिल्लाको लगातार दोस्रो जितसँगै शीर्ष स्थानमा 

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभिल्ला विजयी भएको छ । सोमबार राति भएको खेलमा पाहुना टोली सेभिल्लाले घरेलु टोली गेटाफेमाथी एक शून्य गोलको रोमाञ्चक जित निकालेको छ । 

    images

    निकै प्रतिस्पर्धामक बनेको खेलमा पाहुना टोली सेभिल्लाको जितमा एर्की लामेलाले गरेको एक मात्र गोल नै सेभिल्लाको जितमा प्रयाप्त बन्यो । गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा लामेला दोस्रो हाफको पहिलो मिनेटमै मैदान प्रवेश गरेका थिए । उनले खेलको अत्तिरिक्त समयको तेस्रो मिनेटमा गोल गरेका हुन । 

    उक्त जितसँगै सेभिल्ला नयाँ सिजन २०२१/२२ ला लिगा फुटबलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । उसले २ खेल बाट ६ अंक बनाएको छ । यता पराजित गेटाफेको भने समान खेल बाट अंकविहिन हुदै पुछारबाट तेस्रो स्थानमा रहेको छ । भने दोस्रो स्थानमा एथ्लेटिको मड्रिड र तेस्रो स्थानमा रियल मड्रिड रहेको छ । 

    images