भाद्र ८ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको नेतृत्वमा एएफसी महिला एसियन कप २०२२ को छनोटका लागि २३ सदस्यीय टोली घोषणा गरेका जनाएको । बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट पाँच खेलाडीलाई निकाल्दै उज्बेकिस्तानमा हुने छनौटका लागि टोलीको घोषणा गरेको हो । त्यस्तै अमिशा कार्की, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा अन्तिम २३ सदस्सीय टोलीमा पर्न असफल भए ।
नेपाली टोलीले छनौटको पहिलो खेल सेप्टेम्बर १८ मा फिलपिन्ससँग खेल्ने छ । यस्तै दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१ मा खेल्नेछ । नेपाली सर्वकालिन सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी भने टोलीमा हुने छैनन् । उनी अहिले खुट्टामा लागेको चोटको उपचारका लागि कतारमा छिन् ।
यस्तो छ नेपाली २३ सदस्य टोली
निषा थोकर, प्रिती राई, पूजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बु, सृजना सिंह, अन्जना राना मगर, एन्जिला तुमबापो सुब्बा, उषा नाथ, अम्रिता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला विके, विमला चौधरी, दीपा राई, गीता राना, हिराकुमारी भुजेल, इन्दिरा राई, मन्जली तामाङ


