आइतबार, भाद्र २८ गते २०८३
images

महिला युरो कप : नर्वेलाई ८-० गोलले हराउँदै इंग्ल्यान्ड नकआउट चरणमा

एक्सप्रेस पाना
आषाढ २८, २०७९ मंगलबार
  • 429
    SHARES
  • महिला युरो कप : नर्वेलाई ८-० गोलले हराउँदै इंग्ल्यान्ड नकआउट चरणमा

    एजेन्सी । महिला युरोपियन च्याम्पियनसिपमा इङ्ग्ल्यान्डले कीर्तिमानी जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको छ। सोमबार राति भएको खेलमा घरेलु टोलीले नर्वेमाथि गोल वर्षा गर्दै एक खेल अगावै नकआउटमा स्थान बनायो।

    images

    च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्ने क्रममा इंग्ल्यान्डले ८-० को जित निकालेको हो। दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फालमेरमा भएको खेलमा इंग्ल्यान्डको कीर्तिमानी जितमा बेथ मिडले ह्याट्रिक तथा एलेन ह्वाइटले २ गोल गरिन्। जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोको नाममा समान १/१ गोल रह्यो।


    गोल वर्षा भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमै ६ गोल गरेको थियो। दोस्रो हाफमा उसले थप दुई गोल गर्यो। महिला युरोमा एकै हाफमा ६ गोल र एकै खेलमा ८-० को फराकिलो जित भएको यो पहिलो पटक हो।

    images

    यसअघि महिला र पुरुष युरोमा पछि ६ गोलसम्मको कीर्तिमान रहेको थियो। यसअघि सोमबार राति मात्रै फ्रान्सले इटालीलाई ५९१ ले पराजित गर्दा पहिलो हाफमै ५ गोल गर्दै नयाँ कीर्तिमान बनाएको थियो। फ्रान्सको कीर्तिमान एकै दिनमा भंग भएको हो।

    यस्तै यसअघि इंग्ल्यान्डले २०१७ मा स्कटल्यान्डलाई ६-० ले तथा जर्मनीले २००९ मा इंग्ल्यान्डलाई फाइनलमा ६-२ ले पराजित गरेको थियो।

    लगातार दोस्रो जितसँगै इंग्ल्यान्ड समूह ′ए′ मा दुई खेलबाट ६ अंक जोडेर एक खेल बाँकी छँदै नकआउट चरणमा पुगेको छ। इंग्ल्यान्डले पहिलो खेलमा अष्ट्रियालाई १-० ले पराजित गरेको थियो। नर्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

    समूहको अर्को खेलमा अष्ट्रियाले नर्दन आयरल्यान्डलाई २-० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ। पहिलो जित निकालेको अष्ट्रिया दुई खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अब नकआउट प्रवेश गर्ने टिमको टुंगो नर्वे र अष्ट्रियाबिचको खेलले तय गर्ने छ।

  • सम्बन्धित विषय:

  • # महिला युरोपियन च्याम्पियनसिप